Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नीति तथा कार्यक्रम सकारात्मक,औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

नीति तथा कार्यक्रम सकारात्मक,औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग
विज्ञापन
Advertisement

देवदह (रुपन्देही) । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई सकारात्मक भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । संस्थाले लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसायलाई चलायमान बनाउने नीति तथा निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गरिएको विषयलाई स्वागतयोग्य कदमको रूपमा व्याख्या गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोकाले नीति तथा कार्यक्रममा निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्ने, औद्योगिक ग्राम तथा विशेष आर्थिक क्षेत्र विस्तार गर्ने विषय समावेश हुनु सकारात्मक रहेको बताए । उनले यस्ता कार्यक्रमले उद्योग–व्यवसाय विस्तारसँगै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार नगदरहित तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धन, अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे सञ्चालन, कर प्रणाली सरलीकरण, युवालाई उत्पादन क्षेत्रमा आकर्षित गर्ने नीति, नेपाल लगानी भिसा, महिला उद्यमशीलता विकास रणनीति, नेप्से तथा पुँजीबजार पुनर्संरचना लगायतका विषय पनि निजी क्षेत्रका लागि महत्त्वपूर्ण छन् ।

त्यसैगरी आगामी दशकमा औसत सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य, हरित अर्थतन्त्र प्रवर्द्धन, रिमोट वर्क नीति, ‘लगानी एक्सप्रेस नीति’ अन्तर्गत ३० दिनभित्र दर्ता अनुमति दिने व्यवस्था, डिजिटल सुरक्षामा लगानी तथा ‘देवभूमि नेपाल’ अभियानजस्ता कार्यक्रमलाई पनि चेम्बरले स्वागतयोग्य मानेको छ ।

चेम्बरले धार्मिक पर्यटन, होमस्टे प्रवर्द्धन, रोजगार प्रवर्द्धन दशक घोषणा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकसँग कूटनीतिक पहल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्गको लगानी मोडालिटीसम्बन्धी योजनालाई पनि सकारात्मक कदमको रूपमा उल्लेख गरेको छ ।

यसका साथै डिजिटल सुशासन, स्वास्थ्य, शिक्षा, खेलकुद, ऊर्जा, वन, सरसफाइ तथा स्वच्छ खानेपानीजस्ता आधारभूत क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइनु सुखद पक्ष भएको चेम्बरको भनाइ छ । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारले ल्याएका योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न विशेष ध्यान दिन सरकारसँग आग्रह गरेको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit