Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

रौतहटमा चल्यो सरकारी डोजर, धमाधम हटाइँदै अवैध संरचना

रौतहटमा चल्यो सरकारी डोजर, धमाधम हटाइँदै अवैध संरचना
विज्ञापन
Advertisement

रौतहट । रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित र स्वच्छ बनाउने अभियान अन्तर्गत अवैध रूपमा निर्माण गरिएका घर, टहरा र अन्य संरचनाहरू भत्काउन सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सार्वजनिक सडक, नाला र ऐलानी जग्गा मिचेर बनाइएका संरचनाहरूका कारण नगरको स्वरूप बिग्रिएको र आवागमनमा ठूलो बाधा पुगेको भन्दै नगरपालिकाले डोजर चलाउन थालेको हो।

नगरपालिकाले बजार क्षेत्र र विभिन्न वडाहरूमा बाटो अवरोध गरी निर्माण गरिएका अवैध संरचना हटाउन एक महिनाअघि नै सार्वजनिक सूचना जारी गरेको थियो। स्थानीय प्रशासन र नगरपालिकाले पटक–पटक मौखिक तथा लिखित रूपमा त्यस्ता संरचना स्वतः हटाउन अनुरोध गरे पनि स्थानीयबासीले बेवास्ता गर्दै आएका थिए।

गौर नगरपालिकाका नगर प्रहरी प्रमुख आर।पी। साहका अनुसार नागरिककै पटक–पटकको ताकेता र अनुरोधलाई अटेर गरिएपछि बाध्य भएर कानुनी रूपमा डोजर प्रयोग गरी संरचना भत्काउनु परेको हो। ‘हामीले स्थानीयलाई पर्याप्त समय दिएका थियौँ, तर सूचनाको पूर्ण बेवास्ता भएपछि नगर प्रहरीको नेतृत्वमा एक्सन लिइएको हो,’ प्रमुख साहले बताए।

यस अभियान अन्तर्गत सार्वजनिक सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा अवरोध पु¥याउने गरी सडकको दायाँ–बायाँ बनाइएका भौतिक संरचनाहरू भत्काइएका छन्। यसैक्रममा ऐतिहासिक तथा धार्मिक महत्त्वको रामजानकी मठको जग्गा कब्जा गरेर बनाइएका अवैध टहराहरू समेत पूर्ण रूपमा हटाइएको छ।

लामो अवधिसम्म सडक खण्ड ओगटेर राखिएका यस्ता सामग्री र संरचनाका कारण सडक साँघुरो भई दैनिक रूपमा दुर्घटनाको जोखिम बढेको र बजार क्षेत्र कुरूप देखिएको भन्दै व्यापक जनगुनासो आउने गरेको थियो।

अवैध संरचना हटाउने क्रममा केही विपन्न परिवारहरू विस्थापित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले मानवीय पक्षलाई पनि ध्यान दिने जनाएको छ।

गौर नगरपालिकाले वास्तविक भूमिहीन, सुकुम्वासी र असाहाय परिवारहरूको पहिचान गरी उनीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्ने नीति लिएको छ । तर, भूमिहीनको नाममा जताततै सार्वजनिक जग्गा कब्जा गर्ने, व्यापारिक स्वार्थका लागि टहरा बनाउने र नगरको विकासमा बाधा पु¥याउने कार्यलाई कडा रूपमा नियन्त्रण गरिने पालिकाको भनाइ छ।

नगरपालिकाले नगरबासीहरूलाई सार्वजनिक जग्गा जथाभावी कब्जा नगर्न र आफ्ना संरचनाहरू आफैँ व्यवस्थापन गरेर पालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने अभियानमा सहयोग गर्न अपिल गरेको छ ।

नगरलाई सुन्दर बनाउने यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र सडक मिच्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने नगर प्रशासनले स्पष्ट पारेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit