Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका डिसीईओ ढकाललाई कामु सीईओको जिम्मेवारी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका डिसीईओ ढकाललाई कामु सीईओको जिम्मेवारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश शर्मा ढकाल नियुक्त भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बैंकको सञ्चालक समितिले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) ढकाललाई बैंकको दैनिक कार्यसञ्चालनको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। महेश शर्मा ढकाल बैंकिङ क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्व हुन्। तत्कालीन इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीचको मर्जरपछि पनि उनले वरिष्ठ व्यवस्थापकीय भूमिकामा रहेर कार्य गर्दै आएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बुधबार पक्राउ परेका थिए । उनी ‘स्मार्ट टेलिकम’ प्रकरणमा जोडिएका हुन् । स्मार्ट टेलिकमको इजाजतपत्र खारेजी र सोसँग सम्बन्धित ऋण असुलीका विषयमा सरकारी निकायहरूले अनुसन्धान गरिरहेका छन्, जसमा तत्कालीन कर्जा प्रवाह गर्ने बैंकका प्रमुख व्यक्तिहरू पनि सोधपुछको दायरामा परेका हुन्।

अनुसन्धान प्रक्रिया जारी रहँदासम्म बैंकको नेतृत्वमा रिक्तता आउन नदिन र संस्थागत सुशासनलाई कायम राख्न वरिष्ठ डीसीईओ ढकाललाई कामु सीईओको जिम्मेवारी दिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit