Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एकल महिलालाई बोक्सी आरोपमा दुर्व्यवहार गर्ने राजेन्द्र माझी पक्राउ

एकल महिलालाई बोक्सी आरोपमा दुर्व्यवहार गर्ने राजेन्द्र माझी पक्राउ
विज्ञापन
Advertisement

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बोक्सीको आरोपमा दुव्र्यवहार गरी फरार रहेका र बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कटहरीया नगरपालिका वडा नं.९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने स्थानीय राजेन्द्र माझी पक्राउ परेका हुन्।

स्थानीय गौरी साह कलवारसहितका व्यक्तिहरूले ‘आफ्नो आफन्तलाई बिरामी बनाई दिएको’ भन्दै ती महिलालाई गालीगलौज, लछारपछार, कुटपिट गर्नुका साथै मलमूत्र समेत खुवाएर अपमानित गरेका थिए । उक्त घटनापछि फरार रहेका स्थानीय माझीलाई प्रहरीले पक्राउ गरी
थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी, बैंकिङ्ग कसुरमा फरार अर्का एक प्रतिवादी पनि पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका वडा नं.९ बस्ने राजेश कुमार साहको जाहेरीका आधारमा चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ९ डुमरिया बस्ने ३८ वर्षीय सफरुदिन कुमार देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल सरकार वादी रहेको उक्त बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका देवानलाई जेठ १ गते नै पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit