Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

२४ कम्पनीलाई नौ अर्बको आइपिओ बिक्री खुला गर्न बोर्डले दियो अनुमति

२४ कम्पनीलाई नौ अर्बको आइपिओ बिक्री खुला गर्न बोर्डले दियो अनुमति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो । त्यसको मूल्य नौ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० रुपैयाँ बराबर छ । अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनाका मात्रै छन् ।

नेपाल स्टक एक्सचेञ्जमा १०३ जलविद्युत् कम्पनी शेयरमा सूचीकृत भई कारोबार भइरहेका छन् । बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतिक्षामा रहेका कम्पनीमा पनि जलविद्युत्का बढी छन् । अनुमति पाएका कम्पनीमा सात वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् ।

विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका एकरएक कम्पनी छन् । बोर्डमा कुल ९८ वटा कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन् । त्यसमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३२, लगानीका पाँच कम्पनी छन् । यस्तै, उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका तीन, अन्य समूहका १४ कम्पनी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit