Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

असार ७ सम्म चल्ने राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत पूरा

असार ७ सम्म चल्ने राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत पूरा
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत हालसम्म ८७ दशमलव शून्य आठ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । कार्यालयले आइतबार थापाथलीमा आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ । उनका अनुसार देशभर खटिएका गणकहरूले हालसम्म आठ लाखभन्दा बढी कागजी फारम तथा १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ वितरण गरिसकेका छन् ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले स्थलगत विवरण सङ्कलनको काम तीव्र रूपमा भइरहेको बताउँदै व्यवसाय तथा प्रतिष्ठानहरूलाई सत्य र तथ्य विवरण उपलब्ध गराउन आग्रह गरे । उनले सञ्चारमाध्यम, विशेषगरी रेडियोमार्फत आर्थिक गणनाबारे जनचेतना फैलाउन सहयोग गर्न पनि अनुरोध गरे ।

डा. पोख्रेलका अनुसार राष्ट्रिय आर्थिक गणनाले प्रतिष्ठान तथा व्यवसायको संरचना, सङ्ख्या, रोजगारी र आर्थिक गतिविधिबारे विस्तृत तथ्याङ्क उपलब्ध गराउनेछ । साथै कुल गार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखाका अनुमानलाई समयसापेक्ष बनाउन, तथ्याङ्कीय नमुना तयार गर्न तथा सङ्घीय, प्रदेश र स्थानीय तहलाई आर्थिक नीति, योजना र कार्यक्रम निर्माण तथा मूल्याङ्कनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूले सरकारी विज्ञापन कटौती नगर्न सरकारसँग माग गरेका छन् । उनीहरूले रेडियो क्षेत्र सात प्रकारका कर तिर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट प्रभावित भएको गुनासो गरे ।

कार्यक्रममा नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारीले रेडियो अझै पनि आमजनतामाझ प्रभावकारी सञ्चार माध्यम रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि राज्यले लचिलो नीति अवलम्बन गर्नुपर्ने बताए । उनले कर छुट तथा विज्ञापनमा सहजीकरण गरिए रेडियो सञ्चालनलाई थप सहज बनाउन सकिने धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit