Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महिला साफ च्याम्पियनसिप डिजिओमा; खेलकुदका ठूला प्रतियोगिताहरूको ‘ब्याक-टु-ब्याक’ मेला अब एउटै एपमा

महिला साफ च्याम्पियनसिप डिजिओमा; खेलकुदका ठूला प्रतियोगिताहरूको ‘ब्याक-टु-ब्याक’ मेला अब एउटै एपमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको अग्रणी डिजिटल प्लेटफर्म डिजिओले दक्षिण एसियाली फुटबल महासंघ(साफ) महिला च्याम्पियनसिप २०२६ को नेपालका लागि आधिकारिक डिजिटल प्रसारण साझेदार बनेको घोषणा गरेको छ । प्रतियोगिता आउँदो जेठ ११ देखि २२ गतेसम्म भारतमा आयोजना हुँदैछ ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि पनि डिजिओ ले फिफा विश्वकप २०२६ को नेपालका लागि आधिकारिक डिजिटल प्रसारण अधिकार प्राप्त गरिसकेको छ । लगातार ठूला खेलकुद प्रतियोगिताको प्रसारण अधिकार हात पारेसँगै डिजिओले नेपालमा डिजिटल खेल प्रसारणको दायरा विस्तार गरेको जनाएको छ ।

डिजिओ का स्पोर्ट्स हेड बिपुल भट्टराईका अनुसार महिला साफ च्याम्पियनसिपको डिजिटल अधिकार प्राप्त गर्नु नेपाली फुटबल समर्थकका लागि महत्वपूर्ण उपलब्धि हो । ‘यो प्रतियोगिता नेपालमा डिजिटल रूपमा डिजिओ मा उपलब्ध हुनेछ,’ उनले भने ।

उनका अनुसार डिजिओ ले खेलकुद सामग्रीको बलियो ‘पूल’ तयार गरेको छ, जहाँ दर्शकले स्थानीय फुटबलको लोकप्रियता, फिफा विश्वकपको विश्वव्यापी आकर्षणदेखि सिएभिए भलिबलको रोमाञ्चसम्म एकै प्लेटफर्ममा ‘ब्याक-टु-ब्याक’ हेर्न पाउनेछन् । ‘महिला फुटबलको दक्षिण एसियाली महाकुम्भलाई घर–घरमा पुर्‍याउन पाउँदा हामी गौरवान्वित छौँ,’ उनले भने ।

डिजिओले यसलाई नेपालको डिजिटल मनोरञ्जन र खेलकुद प्रसारण क्षेत्रमा नयाँ चरणको सुरुआतका रूपमा व्याख्या गरेको छ । प्लेटफर्मका अनुसार खेलप्रेमीले अब लगातार ठूला प्रतियोगिताको रोमाञ्च एउटै एपमार्फत अनुभव गर्न पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit