Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खानीबाट उठ्न बाँकी २३ करोड रूपैयाँ रोयल्टी तत्काल असुल गर्न निर्देशन

खानीबाट उठ्न बाँकी २३ करोड रूपैयाँ रोयल्टी तत्काल असुल गर्न निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थबाट उठ्न बाँकी २३ करोड ७७ लाख ८८ हजार रूपैयाँ बराबरको रोयल्टी तत्काल असुल गर्न निर्देशन दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार केही कम्पनीले एक वर्षभन्दा बढी समयसम्म उत्खननबापतको रोयल्टी नतिरेको तथा अनुमति पाएकोभन्दा बढी परिमाणमा उत्खनन गरेको पाइएको छ ।

प्रतिवेदनमा साधारण ढुङ्गाको प्रतिघनमिटर २५ रूपैयाँ रोयल्टी दरअनुसार नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेत असुल गर्न भनिएको छ ।

खानी तथा खनिज पदार्थ नियमावलीअनुसार खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा निर्धारण हुने रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त खानीहरूबाट हालसम्म रु एक अर्ब ५९ करोड ४५ लाख आठ हजार रोयल्टी सङ्कलन भएको उल्लेख गरिएको छ ।

तोकिएको समयमा रोयल्टी नतिरेमा ३० प्रतिशतसम्म जरिवाना लाग्ने व्यवस्था रहेको छ । विभागका अनुसार तीन वटा कम्पनीले १० प्रतिशत स्थानीय विकास शुल्कसहित चार करोड ९९ लाख ५४ हजार रूपैयाँ दाखिला गर्नुपर्ने देखिएको छ । प्रतिवेदनमा उक्त रकमसमेत तत्काल असुल गर्न भनिएको छ ।

खनिज पदार्थ उत्खननका लागि अनुमति प्राप्त व्यक्ति, फर्म वा उद्योगले सम्झौतामा तोकिएको परिमाण मात्र उत्खनन गर्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षकको कार्यालयले विभागले उत्खननकर्ताले बुझाएको विवरणका आधारमा मात्र रोयल्टी लिने गरेको भन्दै खनिज पदार्थको हिसाबकिताब तोकिएको ढाँचामा व्यवस्थित राख्न सुझाव दिएको छ ।

प्रतिवेदनमा उत्खनन अनुमति र माइनिङ स्किमभन्दा बढी उत्खनन नियन्त्रण गर्न, खनिज कोष स्थापना गर्न, भौगर्भिक सूचनाको नक्साङ्कन गर्न तथा सबै खनिज स्रोतको डेटाबेस तयार गर्नेसम्बन्धी नीति तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ ।

जभबमष्लिभ यउतष्यलक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit