Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बुटवल–पाल्पा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत, असोजदेखि सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत, असोजदेखि सञ्चालन गर्ने तयारी
विज्ञापन
Advertisement

सिद्धार्थनगर (भैरहवा)। सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–पाल्पा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोजनाले सुरुङमार्गभित्रका संरचना, पहुँच सडक तथा सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाइएको जनाएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे निर्माण अवधिसहित सुरु गरिएको यो आयोजना ‘इन्जिनियरिङ, खरिद तथा निर्माण’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ । यस मोडलअन्तर्गत डिजाइन, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुने व्यवस्था गरिएको छ ।आयोजनाका प्रमुख राजेश पौडेलले आगामी असोजसम्म सुरुङमार्गबाट यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए ।

उनका अनुसार निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्नेछ । त्यसपछिको थप पाँच वर्ष ‘डिएलपी’ अवधिका रूपमा रहने व्यवस्था गरिएको छ । आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण प्रभावित भएको थियो । नेपालमा इपिसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा समस्या देखिएको आयोजनाले जनाएको छ ।

हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा निर्माण चरण समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले बताए । सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङमार्ग सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ढुंगाखस्ने जोखिम नियन्त्रण तथा भिर संरक्षणसम्बन्धी काम गरिने आयोजनाले जनाएको छ ।

पैदलयात्रीका लागि सुरक्षित मार्ग निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिने योजना रहेको छ । आयोजनाको प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रुपैयाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब सात अर्ब रुपैयाँमा सम्झौता गरिएको हो । सिद्धार्थ राजमार्गको उक्त खण्ड पहिरो तथा भूक्षयका दृष्टिले जोखिमयुक्त भएकाले सुरक्षित यात्रा सुनिश्चित गर्नु र जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit