Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

अघि बढ्यो सडक सुरक्षा विधेयक, राजमार्ग मर्मतका लागि असारभित्र ठेक्का आह्वान हुने

अघि बढ्यो सडक सुरक्षा विधेयक, राजमार्ग मर्मतका लागि असारभित्र ठेक्का आह्वान हुने
विज्ञापन
Advertisement

काठमाडौं। पूर्वाधार विकास समितिले सडक सुरक्षा विधेयकलाई कानुन निर्माण प्रक्रियामा अघि बढाउने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

समितिका सभापति आशिष गजुरेलले विधेयकको मस्यौदा आवश्यक परिमार्जन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउन अनुरोध गरिएको जानकारी दिएका छन् ।

बुधबार बसेको समितिको बैठकमा सभापति गजुरेलले सडक सुरक्षा सम्बन्धी कानुनी व्यवस्था प्रभावकारी बनाउन विधेयकलाई अगाडि बढाइएको बताए । उनले भने, ‘मस्यौदा परिमार्जन गरी कानुन तर्जुमाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट यो विधेयक अगाडि बढेको जानकारी आएको छ। हामीले पूर्ण तयारी गर्नको लागि हामीले निर्देशन दिएका थियौँ ।’

उनले समितिले सडक मर्मत तथा वर्षायामको पूर्वतयारीका लागि सम्बन्धित निकायलाई यसअघि नै आवश्यक निर्देशन दिएको जानकारी दिए । उनका अनुसार पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त जानकारीअनुसार राष्ट्रिय राजमार्ग कार्यक्रम तयार भइसकेको छ। सोही कार्यक्रमअन्तर्गत राजमार्गहरूको पटके मर्मतका लागि सडक विभागअन्तर्गतका डिभिजन कार्यालयमार्फत चालू आर्थिक वर्षको असार मसान्तभित्रै ठेक्का आह्वान गरिनेछ ।

गजुरेलले वर्षायाममा सडक अवरुद्ध हुन नदिन देशभरका राजमार्ग क्षेत्रमा आवश्यक उपकरण परिचालन गरिएको बताए । हालसम्म विभिन्न राजमार्ग क्षेत्रमा १५५ वटा हेभी इक्विपमेन्ट परिचालन भइसकेको र थप १२२ वटा हेभी इक्विपमेन्ट आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा राखिएको पूर्वाधार मन्त्रालयबाट जानकारी प्राप्त भएको उनले बताए । उनले भने,‘राष्ट्रिय राजमार्ग कार्यक्रम तयार भइसकेको छ, राजमार्गहरूको पटके मर्मतको लागि सडक विभाग मातहतका डिभिजन कार्यालयहरूबाट चालू आर्थिक वर्षको असार मसान्तभित्रै ठेक्का आह्वान भईसक्ने तथा दुई हजारको मार्गको विभिन्न स्थानहरूमा १५५ वटा हेभी इक्विपमेन्ट परिचालन भई १२२ वटा हेभी इक्विपमेन्टहरू स्ट्यान्डबाई अवस्थामा राखिएको जानकारी हामीलाई प्राप्त भएको छ ।’

समितिले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै विधेयकलाई शीघ्र कानुनी प्रक्रियामा लैजान तथा वर्षायाममा सडक सञ्चालन सहज बनाउन पूर्वाधार निकायहरूलाई सक्रिय हुन निर्देशन दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit