काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष ०८३\०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ ।
कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार, मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो ।
















प्रतिक्रिया दिनुहोस्