Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस् : रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस् : रमेश घिमिरे
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउन सरकारसँग आग्रह गरेका छन्। अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित ’आगामी बजेट र उद्योगी तथा व्यवसायीका साझा मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा घिमिरेले नेपालमा अवैध रूपमा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार भइरहेको र त्यसले सरकारको राजस्व गुमिरहेको अवस्था रहेको बताए।

विज्ञापन
Advertisement
Advertisement

सरकारले निश्चित राजस्व लिने गरी कानुन बनाएरै सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउँदा नेपालको पैसा नेपालमा नै रहने अवस्था बन्नेसमेत उनले बताए। विदेशका केही मुलुकमा यो अभ्यास प्रयोगमा रहेको र धेरै नेपालीले मोबाइल स्टोरहरूबाट नै आधिकारिक बिल लिएरै सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्ने गरेको उनले जानकारी दिए। घिमिरेले मोबाइल व्यवसायीहरू ‘लक–अनलक’का कारण पनि मारमा पर्ने गरेको गुनासो गरे।

’मोबाइल बिग्रेर बनाउन हामीकहाँ आइपुग्छ, लक भएको खोल्न र पासवर्ड बिर्सेको अवस्थामा पनि मोबाइल हामीकहाँ आइपुग्छ, तर त्यो मोबाइल सम्बन्धित व्यक्तिको हो वा चोरीको हो हामीलाई जानकारी हुँदैन। अनलक गर्दा व्यवसायी प्रहरीको खोरमा पुग्ने अवस्था छ, यो अवस्थाको अन्त्य गर्न सरकारले प्रष्ट नीति बनाइदिनुपर्छ, हामी पालना गर्छौं,’ घिमिरेले भने। उनले मोबाइल व्यवसायीहरू डिजिटल पेमेन्टका कारण पनि अप्ठेरोमा पर्ने गरेको गुनासो गरे। अनलाइन भुक्तानीमार्फत मोबाइल बिक्री गर्दा पनि प्रहरी प्रशासनबाट व्यवसायी फस्ने गरेको उनले सुनाए।

’मोबाइल खरिद वा बनाउन आउँदा ग्राहकले अनलाइन पेमेन्ट गर्दा कहिलेकाहीँ व्यवसायी फस्ने गरेका छन्। हामीलाई पेमेन्ट भएको रकम कहाँबाट आएको हो, जानकारी हुँदैन। तर त्यो रकम ठगीको परेको अवस्थामा खोजी हुँदा बिनाकारण व्यवसायी फस्ने गरेका छन्, यो अवस्थाको अन्त्य राज्यले गरेर सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ,’ घिमिरेले भने।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit