Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाल डेरी एसोसिएसनद्वारा ‘दही चिउरा खाने विशेष कार्यक्रम – २०८२’ भव्यतापूर्वक सम्पन्न

नेपाल डेरी एसोसिएसनद्वारा ‘दही चिउरा खाने विशेष कार्यक्रम – २०८२’ भव्यतापूर्वक सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल डेरी एसोसिएसनले असार १५ को अवसरमा आयोजना गरेको “दही चिउरा खाने विशेष कार्यक्रम – २०८२” आज राजधानीको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा भव्यतापूर्वक सम्पन्न भएको छ। नेपाली कृषि र सांस्कृतिक परम्पराको संरक्षण र दुग्ध व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम डेरी उद्योगका प्रतिनिधि, सरकारी पदाधिकारी, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न भएको हो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा रहेकाे थियाे भने प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल थिए। अन्य अतिथिमा दुग्ध विकास बोर्ड, कृषि उद्यम केन्द्र, वस्तुगत संघहरू, र विविध संस्था तथा क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष दाहालले आफ्नो सम्बोधनमा दही चिउरा केवल परम्परागत आहार नभई कृषक र डेरी व्यवसायीप्रति सम्मान प्रकट गर्ने माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले दुग्ध व्यवसायको सामाजिक तथा आर्थिक मूल्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले दही चिउरा नेपाली मौलिक संस्कृतिको अभिन्न अङ्ग भएको र यसको संरक्षण तथा प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण, आत्मनिर्भर दुग्ध उत्पादन र किसानलाई समयमै मूल्य भुक्तानीको आवश्यकतालाई औंल्याए। उनले हाल देशमा ११–१३ लाख टन रासायनिक मलको माग रहे पनि अहिलेसम्म ४ लाख टन मात्र आपूर्ति हुन सक्नु दुःखद पक्ष भएको भन्दै सरकार गम्भीर रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डी.बी. खड्का, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादव, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

मन्त्री अधिकारीले स–साना बालिकाहरूलाई दही चिउरा खुवाउँदै कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। सोही अवसरमा नवप्रभात डेरीले उत्पादन गरेको “राजा दही” ब्रान्डको औपचारिक सार्वजनिक घोषणा पनि गरिएको थियो।

कार्यक्रममा रोटरी क्लब अफ कपन, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्स, युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल, कृषि उद्यम केन्द्र लगायतका संस्थाहरूको सहकार्य रहेको थियो। दिउँसो १२:४५ बजे सुरु भएको कार्यक्रममा अतिथिहरूबीच दही चिउराको सांस्कृतिक र पोषणीय महत्त्वबारे गहन छलफल समेत गरिएको थियो।

नेपाल डेरी एसोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, देशभरका घरेलु, साना, मझौला तथा ठूला डेरी उद्योगहरूलाई समेटेर दुग्ध व्यवसायको समग्र प्रवर्द्धन, नीतिगत सुधार तथा किसान–उद्योगको हकहितका लागि एसोसिएसन निरन्तर क्रियाशील रहेको छ।

असार १५ लाई “मानो रोपेर मुरी फलाउने” दिवसका रूपमा मनाइन्छ, जसमा दही चिउरा खाने चलन गहिरो संस्कृतिसँग जोडिएको छ। अनुमानअनुसार, असार १५ मा देशभर करिब ८० लाख लिटर दहीको खपत हुने र १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

दही चिउरा जस्ता परम्परागत आहारहरू पोषणका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छन्। दहीमा पाइने प्रोटिन, क्याल्सियम, भिटामिन डि, र प्रोबायोटिक्सले पाचन प्रणाली सुधार गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विशेषता राख्दछन्। साथै, दही नेपाली समाजमा शुभकार्यमा सगुनको रूपमा प्रयोग हुने भएकाले यसको सामाजिक र धार्मिक मूल्य पनि उच्च छ।

नेपाल डेरी एसोसिएसनले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसबाट दुग्धजन्य उत्पादनको उपभोग बढ्ने, किसानलाई प्रत्यक्ष लाभ पुग्ने र नेपाली संस्कृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit