Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सबै निःशुल्क बाँडे भेनेजुएलाको हालत हुन्छ, विद्युतमा भ्याट फिर्ता हुँदैन : अर्थममन्त्री वाग्ले

सबै निःशुल्क बाँडे भेनेजुएलाको हालत हुन्छ, विद्युतमा भ्याट फिर्ता हुँदैन : अर्थममन्त्री वाग्ले
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकार पछाडि नहट्ने स्पष्ट पारेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विद्युतमा भ्याट ठूलो आँटका साथ ल्याइएको र यो फिर्ता नहुने बताएका हुन्।

विगतमा कुरा उठे पनि कसैले आँट गर्न नसकेको विषयलाई वर्तमान सरकारले अघि बढाएको दाबी गर्दै उनले भने, ‘विद्युतमा भ्याट आयो, आउँछ ः तर अन्तिम उपभोक्तालाई मार नपर्ने गरी हामीले विभिन्न विकल्पहरूमा सोचिरहेका छौं।’ आगामी साउनदेखि नै उपभोक्तालाई सहुलियत दिने गरी विकल्प ल्याइने उनको भनाइ छ।

आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि कर लगाउने व्यवस्थाको चौतर्फी आलोचना भइरहेको सन्दर्भमा अर्थमन्त्रीले यस्तो प्रष्टीकरण दिएका हुन्। सबै कुरा निःशुल्क वा वितरण मात्रै गर्दै जाने हो भने देशको हालत भेनेजुयलाको जस्तो हुने भन्दै सरकार आयमा आधारित करभन्दा उपभोगमा आधारित करतर्फ अगाडि बढेको उनको भनाइ छ ।

यसैगरी, अर्थमन्त्री वाग्लेले वर्तमान सरकार ५ वर्षका लागि भएकाले एउटै बजेटमा सबै अपेक्षा पुरा नहुने र यस बजेटले आगामी ५ वर्षका लागि नीतिगत दिशा तय गरेको बताए। पर्याप्त तयारीको समय अभावका कारण छुट्न गएका केही विषयहरूलाई आगामी वर्षको बजेटले सम्बोधन गर्ने उनले प्रतिबद्धता जनाए। ‘असल नियतका साथ अर्थतन्त्रमा इँटा थप्ने काम गरेका छौं,’ उनले भने।

बजेटका मुख्य सूचक र आर्थिक लक्ष्यहरूका बारेमा बोल्दै उनले कुल गार्हस्थ्य उत्पादन आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा जीडीपीको आकार ७४ खर्ब ५८ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको उल्लेख गरे । आगामी वर्ष १५ सय ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै उनले सरकार ऋणमा धेरै भर नपरेको बताए । अर्थमन्त्रीले जीडीपीको तुलनामा ऋण ४३ प्रतिशतभन्दा बढी नहुने तर्क गरे । बजारलाई चलायमान बनाएर ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिने दाबी उनले गरे। यो वृद्धि २१ खर्ब २४ अर्बको बजेटले मात्र नभई प्रक्षेपित ७४ खर्बको जिडिपिले गर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ।

कार्यक्रममा आगामी वर्षको बजेटमा नयाँ कार्यक्रमहरू धेरै नभएको र पुराना कार्यक्रमहरूको दायित्व बढी हुँदा बजेट चापमा परेको अर्थमन्त्रीले स्वीकार गरे। यद्यपि, मुख्य राजमार्गहरूको निर्माण सम्पन्न गर्ने कार्यलाई बजेटमा प्राथमिकता दिइएको उल्लेख गर्दै उनले भने, ‘ बुटवलबाट पोखरा जाने सडक विस्तार गर्दा ३५ अर्ब लाग्छ। हामीले १ खर्ब लागत अनुमानको एक्सप्रेस वे बनाउने कि भन्नेबारे पनि सोचिरहेका छौं।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit