Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा पहिलो पटक डब्लुआरपिएफ राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप हुने

नेपालमा पहिलो पटक डब्लुआरपिएफ राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप हुने
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको डब्लुआरपिएफ नेपाल हिमालयन प्रो २०२६ पावरलिफ्टिङ राष्ट्रिय च्याम्पियनसिप आयोजना हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

विश्व रअ पावरलिफ्टिङ महासंघ नेपाल (डब्लुआरपिएफ नेपाल) को आयोजनामा आगामी २०२६ सेप्टेम्बर ११ र १२ मा यो प्रतियोगिता हुन लागेको हो।

नेपाली पावरलिफ्टरहरूलाई विश्वव्यापी मञ्च र अन्तर्राष्ट्रिय मान्यता दिलाउने उद्देश्यले आयोजना हुन लागेको यो च्याम्पियनसिप विशेष गरी नेपाली नागरिकहरूका लागि मात्र खुला रहनेछ।

डब्लुआरपिएफ नेपालकी अध्यक्ष रसना प्रधानका अनुसार, नेपालमा पावरलिफ्टिङको लोकप्रियता बढे पनि खेलाडीहरूले अन्तर्राष्ट्रिय प्लेटफर्म नपाइरहेको अवस्थामा यस प्रतियोगिताले त्यो खाडल पुर्नेछ। प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ ओपन र जुनियर (२३ वर्षमुनि) गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष (ओपन र जुनियर) तर्फ ६० केजी, ६७.५ केजी, ७५ केजी, ८२.५ केजी, ९० केजी र १०० केजी समूह तथा महिला (ओपन र जुनियर) ५२ केजी, ५६ केजी, ६० केजी, ६७.५ केजी, ७५ केजी र ७५ केजीभन्दा माथि प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको स्थान, दर्ता प्रक्रिया र विस्तृत नियमावली आयोजकले छिट्टै आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit