Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्टार्कभन्दा ४ खेल अगाडि नै सन्दीपले रचे कीर्तिमान, ओडिआईमा १५० विकेट पूरा

स्टार्कभन्दा ४ खेल अगाडि नै सन्दीपले रचे कीर्तिमान, ओडिआईमा १५० विकेट पूरा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा जारी स्कटल्यान्डविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाम गरेका हुन्।

सन्दीपले यो सफलता मात्र ७३ खेलमा हासिल गरे। यसअघि यो कीर्तिमान अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा थियो, उनले ७७ खेलबाट १५० विकेट लिएका थिए । विश्व क्रिकेटका हस्तीहरूलाई पछि पार्दै सन्दीपले ऐतिहासिक रेकर्ड कायम राख्दा तेस्रो नम्बरमा पाकिस्तानका सकलेन मुश्ताक रहेका छन् । उनले १५० विकेट निकाल्न ८० ओडिआई खेलेका थिए ।

यो सँगै सन्दीप एकदिवसीय क्रिकेटमा छिटो १५० विकेट पूरा गर्ने एसोसिएट राष्ट्रका पहिलो बलर समेत बनेका छन्। यसअघि सन्दीपले सन् २०२३ मा ओमानविरुद्ध ४२औँ खेलमा १०० विकेट पूरा गर्दै अफगानिस्तानका राशिद खान (४४ खेल) को रेकर्ड तोडेका थिए।

सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध डेब्यु गरेका सन्दीपले छोटो समयमै विश्व क्रिकेटमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएका छन्। स्कटल्यान्डविरुद्ध जारी आजको महत्वपूर्ण खेलमा सन्दीपले कसिलो बलिङ गर्दै नेपाली टोलीलाई ३ विकेटको सफलता दिलाइसकेका छन् ।तस्बिर : क्यान

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit