काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारतको नयाँ दिल्ली पुगेका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछाने र उनको टोलीलाई दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव एवं राज्य सभा सांसद अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्।
भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। उनको भ्रमण अवधि ५ तारिख सम्म रहेको छ।
भ्रमणमा सभापति लामिछानेसँगै सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवास विभाग प्रमुख दीपक बोहोरा र पत्नी निकिता पौडेल सहभागी छन् ।

















प्रतिक्रिया दिनुहोस्