Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एसेन्ट समिट २०२६ आजदेखि, सगरमाथाको भविष्यबारे विश्वस्तरीय बहस

एसेन्ट समिट २०२६ आजदेखि, सगरमाथाको भविष्यबारे विश्वस्तरीय बहस
विज्ञापन
Advertisement

काठमाडौं  सगरमाथा तथा पर्वतारोहण क्षेत्रको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे विश्वस्तरीय छलफल गर्न ‘एसेन्ट समिट २०२६’ आज काठमाडौंमा आयोजना हुँदैछ।

विज्ञापन
Advertisement
Advertisement

नेपालस्थित अमेरिकी दूतावास, नेपाल पर्यटन बोर्ड र सेभेन समिट ट्रेक्सको साझेदारीमा ठमेलस्थित एलोफ्ट काठमाडौंमा हुने एकदिने समिटमा पर्वतारोही, अभियान नेता, गाइड, उद्धारकर्मी, साहसिक खेलाडी, पर्यटन व्यवसायी, पत्रकार तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

आयोजकका अनुसार समिटमा सगरमाथा र हिमाली पर्यटनसँग सम्बन्धित अनुभव, प्रविधि, सुरक्षा, नेतृत्व, पर्यटन व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन बहस गरिनेछ। मुख्य सम्बोधन, प्यानल छलफल, विशेषज्ञ सत्र, कथावाचन, प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक प्रदर्शनीहरू कार्यक्रमका प्रमुख आकर्षण रहनेछन्।

समिटमा विश्वप्रसिद्ध पर्वतारोही कोनराड एन्कर, जस्टिन स्याकेट, बेन आयर्स, दावा याङ्जुम शेर्पा, लाक्पा शेर्पा, तेन्जिन डेभिड शेर्पा र मिङ्मा डेभिड शेर्पालगायत नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहनेछ। साथै संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीतिका लागि विदेश उपसचिव सारा रोजर्स, प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुनिमा उदास तथा नेपालका लागि अमेरिकी दूतावासका चार्ज डी’एफेयर्स स्कट उर्बोमले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सन् २०२६ को सगरमाथा आरोहण सिजनमा डोरी तथा सुरक्षा प्रणाली स्थापना गरेर महत्वपूर्ण योगदान पुर्‍याएको १० सदस्यीय ‘एलिट शेर्पा टोली’लाई सम्मान गरिनेछ। एभरेष्ट रोप फिक्सिङ टिमका रूपमा परिचित उक्त टोलीले सगरमाथाका जोखिमपूर्ण खण्डहरूमा सुरक्षित आरोहण मार्ग तयार गरी विश्वभरका आरोहीलाई सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

समिटमा सांस्कृतिक प्रस्तुतीकरण र विशेष प्रदर्शनीहरू पनि समावेश गरिएका छन्। सगरमाथाबाट संकलित करिब ९० किलोग्राम फोहोरबाट निर्माण गरिएको ‘द यती’ नामक विशाल मूर्तिकला तथा उच्च हिमाली अभियानको अनुभव झल्काउने ‘अ डे इन अ क्लाइम्बर्स लाइफ’ प्रदर्शनीले सहभागीहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सार्वजनिक कूटनीतिका लागि अमेरिकी विदेश उपसचिव सारा रोजर्सको मुख्य मन्तव्य, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करको प्रस्तुतीकरण तथा पर्वतारोही कोनराड एन्करको समापन सम्बोधन रहनेछ। वक्ताहरूले सगरमाथाबाट प्राप्त अनुभव, चुनौती र अवसरबारे धारणा राख्दै पर्वतारोहण क्षेत्रको दिगो विकासका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्य र नेतृत्वबारे विचार प्रस्तुत गर्नेछन्।

पर्वतारोही, गाइड, अभियान सञ्चालक, उद्धारकर्मी, पर्यटन व्यवसायी, साहसिक खेलाडी, शिक्षक, सञ्चारकर्मी तथा हिमाली पर्यटनसँग सम्बन्धित सरोकारवालाका लागि समिटमा सहभागिता निःशुल्क राखिएको छ। यद्यपि सीमित क्षमताका कारण पूर्वदर्ता र छनोट प्रक्रिया लागू गरिएको आयोजकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit