Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट सुविधा

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीहरूले काठमाडौंको दरबारमार्गस्थित मेधर्म क्लिनिक्स प्रा.लि. मा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

दुई संस्थाबिच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
गत जेठ १३ गते भएको उक्त सम्झौता बमोजिम नेपाल बैंकका ग्राहक र कर्मचारीहरूले मेधर्म क्लिनिक्सद्वारा तोकिएका विभिन्न उपचार सेवाको कुल बिल रकममा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अनुप सुवेदीले हस्ताक्षर गरे । यस साझेदारीबाट बैंकका लाखौँ ग्राहक तथा कार्यरत कर्मचारीहरू स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit