Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पहिलो दिनको करेक्सनपछि शेयर बजारमा उत्साह

पहिलो दिनको करेक्सनपछि शेयर बजारमा उत्साह
विज्ञापन
Advertisement

काठमाडाैं । बजेटपछिको पहिलो कारोबार सोमबार घटेको नेप्से परिसूचक मंगलबार २२।२१ अंकले बढेको छ । अघिल्लो बजारमा २६.७२ अंकले घटेर करेक्सन आएको थियो। धितोपत्र र ऋणपत्रगरी १ करोड १३ लाख ८४ हजार कित्ता शेयर किनबेचहुँदा ५ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी,रिडी पावर कम्पनी,सेन्ट्रल फाइनान्सको २२ करोड २९ लाख रुपैयाँदेखि ४६ करोड ७६ लाख रुपयाँसम्मको कारोबार भएको छ ।

बढेको बजारमा कालिञ्चोक हाइड्रोपावर सेन्ट्रल फाइनान्स,क्रेस्ट माइक्रो लाइफ इन्योरेन्स,नेपाल रिइन्स्योरेन्स कम्पनी, गोर्खाज फाइनान्सको शेयर मूल्य ९.२६ प्रतिशतले बढेको छ । त्यस्तै, नविल बैंकको ऋणपत्र, बुङगल हाइड्रो पावर,झापा इनर्जी लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, बोल्टरर्स नेपाल (बालाजु)लिमिटेडको शेयर मूल्य २.९७ प्रतिशत देखि ४.५९प्रतिशतसम्मले घटेको छ ।
यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये उत्पादनमूलक बाहेक सबै समूहको सूचकमा हरियाली बनेको छ । सर्वाधिक बढ्ने उपसमूहको सूचकमा ६.०३ प्रतिशतसम्मले बढेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit