Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा सेवा विस्तार अनुमति पर्खिँदै स्टारलिंक

नेपालमा सेवा विस्तार अनुमति पर्खिँदै स्टारलिंक
विज्ञापन
Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि सरकारी अनुमति कुरिरहेको जनाएको छ । कम्पनीकी निर्देशक रेबिका हन्टरले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना सँग भेटवार्ता गर्दै नेपालमा सेवा विस्तार गर्न कम्पनी इच्छुक रहेको तर नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति प्राप्त हुन नसकेको बताएकी हुन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयमा भएको भेटका क्रममा हन्टरले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक लाइसेन्स प्राप्त गर्न कम्पनीले पहल गरिरहेको जानकारी दिइन् । उनले लाइसेन्स संरचनामा शतप्रतिशत स्टारलिंककै स्वामित्व कायम हुनुपर्ने कम्पनीको धारणा रहेको बताउँदै व्यावसायिक सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको जानकारी गराइन् ।

जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति र कानुनी व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरे सेवा सञ्चालनमा कुनै अवरोध नहुने बताएका थिए । उनले नेपालमा लगानी गर्न इच्छुक विदेशी कम्पनीहरूले प्रचलित कानुनअनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए । स्टारलिंकले नेपालमा अनुमति प्राप्त गर्न प्रयास गरिरहँदा हिमाली तथा दुर्गम क्षेत्रमा भने गुणस्तरीय इन्टरनेट सेवाको आवश्यकता झन् बढ्दो छ । विशेषगरी सगरमाथा आधार शिविरलगायत उच्च हिमाली क्षेत्रमा इन्टरनेट सेवा महँगो र सीमित रहेको गुनासो पर्यटन व्यवसायी तथा पर्यटकहरूले गर्दै आएका छन् ।

हाल सगरमाथा क्षेत्रसम्म एभरेस्ट लिङ्क र एयर लिङ्कजस्ता नेपाली सेवा प्रदायकहरूले सेवा दिइरहेका छन् । यद्यपि आधार शिविरभन्दा माथिल्ला क्षेत्रमा विभिन्न विदेशी स्याटेलाइट इन्टरनेट उपकरण अनधिकृत रूपमा प्रयोग भइरहेको बताइन्छ । नेपाल दूरसञ्चार प्राधिकरणले समेत यस्ता सेवाहरू कानुनविपरीत रहेको भन्दै प्रयोग नगर्न यसअघि सूचना जारी गरिसकेको छ ।

नेपालमा स्टारलिंकको प्रवेशले दुर्गम तथा उच्च हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । तर त्यसका लागि कम्पनीले सरकारी अनुमति र नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ । हालसम्म भने कम्पनी अनुमति प्राप्तिको प्रतीक्षामै रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit