Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकारी ‘कुरियर’ सेवा ६० जिल्लामा विस्तार, घरमै पुग्न थाले राहदानी र लाइसेन्स

सरकारी ‘कुरियर’ सेवा ६० जिल्लामा विस्तार, घरमै पुग्न थाले राहदानी र लाइसेन्स
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजात घरमै पुर्‍याउने कार्यलाई तीव्र बनाएको जनाएको छ । विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ । उनका अनुसार हालसम्म २८ हजार १६९ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ भने एक हजार ६३५ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ ।

यस्तै, जेठ ८ गतेसम्म चार लाख ७० हजार ८८१ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको विभागले जनाएको छ । तीमध्ये ६७१ वटा लाइसेन्स घरमै पुर्‍याइएको छ । हुलाक विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकार्य विस्तार गरेको छ । हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण गरिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा ४८८ वटा प्रयोगशाला नमूना ढुवानी गरिएको विभागले जनाएको छ ।

नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पुर्‍याउने सेवा सुरु गर्ने तयारी भइरहेको छ । साथै, मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको विभागले जनाएको छ । विभागका अनुसार सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन राहदानी विभाग र महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणको कामसमेत अघि बढाइएको छ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक सरकारी सेवा वितरण प्रणालीका रूपमा विकास गर्ने लक्ष्यसहित सेवा विस्तार गरिरहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit