Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो
विज्ञापन
Advertisement

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा सहकारीको पहलले दुग्ध व्यवसाय तीव्र रूपमा विस्तार भएको छ। थामडाँडा पशुपालन सहकारी संस्थामार्फत दैनिक करिब ९५० लिटर दूध संकलन हुन थालेपछि स्थानीय किसानको आम्दानी बढ्दै गएको छ।

विज्ञापन
Advertisement
Advertisement

सहकारीले दूधको गुणस्तर (ल्याक्टो र फ्याट)का आधारमा प्रतिलिटर ५५ देखि ७५ रुपैयाँ सम्म मूल्य निर्धारण गर्दै आएको छ। त्यससँगै घिउ र छुर्पी उत्पादनमार्फत मूल्य अभिवृद्धि गरेर अतिरिक्त आम्दानी समेत लिइरहेको छ। मासिक करिब १२ क्विन्टल छुर्पी र ७ क्विन्टल घिउ उत्पादन हुने र ती उत्पादन स्वदेशसँगै विदेशमा समेत निर्यात हुने गरेको सहकारीले जनाएको छ।

सहकारीको मासिक कारोबार १२ देखि १५ लाख रुपैयाँसम्म पुग्ने र खर्च कटाएर करिब १ लाख ५० हजार रुपैयाँ बचत हुने गरेको छ। किसानलाई उत्पादन बढाउन प्रोत्साहनस्वरूप मासिक ६०० लिटर दूध बिक्री गर्नेले एक बोरा ब्रान, ९०० लिटर पुग्नेले दुई बोरा र त्यसपछि प्रत्येक ३०० लिटरमा थप एक बोरा ब्रान दिने व्यवस्था गरिएको छ।

सहकारीमा हाल ८४ परिवार आबद्ध छन् भने ४५ परिवार नियमित रूपमा दूध उत्पादन र बिक्रीमा सक्रिय छन् । २०६७ सालमा औपचारिक दर्ता भएको सहकारी २८ परिवारबाट सुरु भएको थियो । अहिले एक हजार लिटर क्षमताको चिस्यान ट्याङ्की सञ्चालनमा छ।

स्थानीय किसान शेषकान्त खनाल बिहान ३ बजे नै गोठमा काम सुरु गर्छन्। दुई वटा गाई पालेर उनी दैनिक करिब ३५ लिटर दूध सहकारीमा बिक्री गर्छन्। उनले सहकारीले उचित मूल्य दिएको कारण गाईपालनमा उत्साह बढेको बताएका छन्।

सहकारीका सहसचिव ढाकाबहादुर मगर पनि सफल किसानका रूपमा परिचित छन्। पहिले दैनिक ७२ लिटर दूध बिक्री गर्दै आएका उनले हाल एउटा गाई बिक्रीपछि उत्पादन घटेर ४८ लिटरमा सीमित भएको बताएका छन्। उनीसँग चार वटा उन्नत जातका गाई छन् र व्यावसायिक रूपमा काम गर्दा राम्रो आम्दानी सम्भव भएको बताउँछन्।

सहकारीका अध्यक्ष हरिप्रसाद दङ्गालीका अनुसार दूध संकलनलाई अझ विस्तार गर्दै दैनिक १ हजार लिटर पुर्‍याउने लक्ष्य राखिएको छ। उपाध्यक्ष भोजकुमारी खनालले प्रोत्साहन कार्यक्रमले किसानबीच स्वस्थ प्रतिस्पर्धा बढाएको बताइन्।

कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालित उद्यमशीलता तथा रोजगारी परियोजनामार्फत सहकारीले डिपफ्रिज, छुर्पी सुकाउने भवन, चेन पुली र जेनेरेटरजस्ता पूर्वाधार विकास गरेको छ। गाउँपालिकाले खोरेत रोगविरुद्ध खोप अभियान सञ्चालन गर्नुका साथै पशुपालनलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालका अनुसार फाकफोकथुममा दैनिक करिब ३१ हजार लिटर दूध उत्पादन भइरहेको छ, जसले पशुपालनलाई स्थानीय आर्थिक समृद्धिको आधार बनाइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit