Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

इप्पानको वरिष्ठ उपाध्यक्ष पदको लागि मनोनयन शुल्क दुई लाख, अन्यलाई कति ?

इप्पानको वरिष्ठ उपाध्यक्ष पदको लागि मनोनयन शुल्क दुई लाख, अन्यलाई कति ?
विज्ञापन
Advertisement

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औं वार्षिक साधारण सभा भोलि (शुक्रबार) हुँदैछ। साधारण सभासँगै संस्थाको आगामी नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

इप्पानको निर्वाचन समितिले प्रकाशन गरेको आधिकारीक सूचना अनुसार, संस्थाको मौजुदा विधानको धारा १५ (१२) बमोजिम वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ। यसकारण, आगामी कार्यकालका लागि अध्यक्ष बाहेकका अन्य पदाधिकारी तथा सदस्य पदहरूका लागि निर्वाचन हुन लागेको हो।

निर्वाचन समितिले सार्वजनिक गरे अनुसार वरिष्ठ उपाध्यक्ष पदको मनोनयन दर्ताको लागि दुई लाख रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, उपाध्यक्षका लागि एक लाख पचास हजार रुपैयाँ, महासचिवका लागि एक लाख पचास हजार रुपैयाँ, उपमहासचिवका लागि एक लाख पचास हजार र सचिवका लागि पनि एक लाख पचास हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी, खुलातर्फका ७ जना सदस्य र महिलातर्फका ३ जना सदस्य पदका लागि उम्मेदवारी दिन चाहनेले जनही १ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने इप्पानले जनाएको छ ।

इप्पानमा १ जना वरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना उप–महासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष पदका लागि शुक्रबार निर्वाचन हुँदैछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit