Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपालमा लगातार तेस्रो महिना २ खर्ब माथिको वस्तु आयात : निर्यात १२.२८ प्रतिशतले बढ्दा पनि व्यापार घाटा १६ खर्ब नाघ्यो

नेपालमा लगातार तेस्रो महिना २ खर्ब माथिको वस्तु आयात : निर्यात १२.२८ प्रतिशतले बढ्दा पनि व्यापार घाटा १६ खर्ब नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा वस्तु आयात लगातार तेस्रो महिना २ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै २ खर्ब १ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यससँगै चैतदेखि लगातार तीन महिनासम्म आयात २ खर्बभन्दा माथि कायम रहेको विभागको तथ्यांकमा उल्लेख छ। वैशाखमा २ खर्ब २ अर्ब ३९ करोड र चैतमा २ खर्ब १ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

वार्षिक आयात १५.१६ प्रतिशत वृद्धि 

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा कुल १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो। मासिक विवरण अनुसार साउनदेखि फागुनसम्म आयात क्रमशः १ खर्ब ४३ अर्बदेखि १ खर्ब ८४ अर्ब रुपैयाँसम्म उतारचढाव हुँदै आएको देखिन्छ।

निर्यात वृद्धि भए पनि व्यापार घाटा उच्च

सोही अवधिमा निर्यात भने १२.२८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको थियो। तर आयातको तुलनामा निर्यात निकै कम हुँदा व्यापार घाटा १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ, जुन १५.६७ प्रतिशतले बढी हो।

धेरै आयात हुनेमा डिजल, भटमास र पेट्रोल तेल

आयातित वस्तुहरूको सूचीमा पेट्रोलियम पदार्थको प्रभुत्व अधिक देखिएको छ। ११ महिनामा सबैभन्दा बढी डिजल आयात भएको छ, जसको मूल्य १ खर्ब ५२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा १२ लाख ६४ हजार ८७४ किलोलिटर डिजल नेपाल भित्रिएको छ।

दोस्रो स्थानमा कच्चा भटमास तेल रहेको छ, जसको आयात मूल्य १ खर्ब १९ करोड ६३ लाख रुपैयाँ बराबर छ। त्यसपछि पेट्रोल ६८ अर्ब १७ करोड रुपैयाँ, स्पन्ज आइरन ५३ अर्ब ६९ करोड रुपैयाँ र एलपी ग्यास ५२ अर्ब २१ करोड रुपैयाँको आयात भएको छ।

यस्तै, स्मार्टफोन पनि प्रमुख आयात वस्तु बनेको छ, जसको आयात ४३ अर्ब ४५ करोड रुपैयाँ बराबर पुगेको छ।

नेपालमा आयातमा उच्च निर्भरता कायम रहेको र निर्यात वृद्धि भए पनि व्यापार घाटा झनै बढ्दो क्रममा रहेको देखाएको छ। विशेषगरी पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थ आयातले कुल आयात संरचनामा ठूलो हिस्सा ओगटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit