काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपद्को समयमा अनधिकृत खाद्यान्न भण्डारण नगर्न र नगराउन तथा सामानको अभाव हुन नदिन आग्रह गरेको छ ।
महासंघले आज एक विज्ञप्तिमार्फत आवश्यक बाढी पहिरोका कारण सडक अबरुद्ध हुँदा सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य आपूर्ति गरी बजारमा अभाव हुन नदिन आग्रह गरेको हो ।
पछिल्लो २ दिनदेखिको अबिरल वर्षाका कारण जनजीवन प्रभावित बनेको उल्लेख गर्दै यस्तो समयमा अनधिकृत भण्डारण नगर्न नगराउन समेत महासंघले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । ‘यस घडीमा सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य निरन्तर आपूर्ति गर्न, बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न र नगराउन महासंघ सम्पूर्ण सदस्यहरूमा हार्दिक अपील पनि गर्दछ।’
अविरल वर्षाका कारण मुख्य राजमार्गहरु अवरुद्ध भएका छन भने आपूर्ति श्रृङ्खला प्रभावित बनेको छ । महासंघले यो कठिन समयमा उच्च सतर्कताका साथ पेशा व्यवसाय गर्न सदस्यहरुलाई आग्रह गर्दै जोखिम न्यूनीकरण, उद्धार एवं राहतमा समेत सहयोग गर्न अपिल गरेको छ । ‘जोखिम करण, उद्धार एवं राहतमा पनि सक्दो योगदान पु¥याउन हुन पनि आग्रह गर्दछ,’ महासंघले जारी गरेको अपिलमा उल्लेख छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्