images images images
images images images
images
images
images

राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज ९० अर्ब निक्षेप प्रशोचन गर्दै

images

काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलतालाई सन्तुलन गर्न नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको छ।

बजारमा देखिएको सुस्त आर्थिक गतिविधिका कारण कर्जा माग नभइरहेको अवस्थामा बैंकहरूमा तरलता थुप्रिदा राष्ट्र बैंकले मंगलबार ९० अर्ब रुपैयाँ निक्षेप प्रशोचन गर्न लागेको हो ।

images
images

पछिल्लो २ आर्थिक वर्षमा लगातार केन्द्रीय बैंकले साताको दुई दिन तरलता प्रशोचन गरिहेको छ। आइतबार र बुधबार निरन्तर रुपमा तरलता खिच्दै आएको केन्द्रीय बैंकले आजै निक्षेप संकलन उपकरण बोलकबोलका साथै स्थायी निक्षेप सुविधामार्फत उक्त रकम बराबरको तरलता प्रशोचन गर्ने जनाएको छ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा समेत उपलब्ध गराउँदै आएको । बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्नका लागि घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न भनेको छ ।

आज बोलकबोल हुने सो रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी कात्तीक २ गते (१२ दिनपछि) दिने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बैंक तथा वित्तीय संथाले बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

यसैगरी, निक्षेप संकलनको लागि आव्ह्रान गरिएको रकम बाँडफाँड गर्दा पहिलो प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्