Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

नेपाल परिवर्तनमा छलाङ मार्ने चरणमा पुगेकाले मौद्रिक नीतिप्रति व्यवसायीको ठूलो अपेक्षा छ : अध्यक्ष श्रेष्ठ

नेपाल परिवर्तनमा छलाङ मार्ने चरणमा पुगेकाले मौद्रिक नीतिप्रति व्यवसायीको ठूलो अपेक्षा छ : अध्यक्ष श्रेष्ठ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या सम्बोधन गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै अध्यक्ष श्रेष्ठले बजेटमार्फत केही विषय सम्बोधन भए पनि अझै थुप्रै महत्वपूर्ण मुद्दा मौद्रिक नीतिमार्फत समाधान हुनुपर्ने आवश्यकता रहेको बताए।

उनले देश आर्थिक रूपान्तरणको चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै मौद्रिक नीतिले त्यसलाई गति दिनुपर्ने धारणा राखे। ‘मुलुकले परिवर्तन, हस्तान्तरण र पुस्तान्तरण खोजेर नयाँ छलाङ मार्ने चरणमा प्रवेश गरेको छ। जनता र व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो अपेक्षा छ। बजेटले सम्बोधन गर्न नसकेका विषय मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास गरेका छौं,’ अध्यक्ष श्रेष्ठले भने।

श्रेष्ठले विगतका मौद्रिक नीतिहरूले निजी क्षेत्रलाई केही राहत दिएको उल्लेख गर्दै यसपटक अर्थतन्त्रलाई चलायमान बनाउने साहसी र व्यवहारिक नीति आवश्यक रहेको बताए। उनका अनुसार नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको छ, जसले राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य बनाएको छ।‘रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न सबै मिलेर काम गर्नुपर्छ, अध्यक्ष श्रेष्ठले जोड दिए।

उनले नेपाल अझै पनि करिब ७० प्रतिशत वस्तु आयातमा निर्भर रहेको उल्लेख गर्दै स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए। उद्योग प्रवर्द्धनका लागि लगानीमैत्री नीति आवश्यक रहेको बताउँदै उत्पादन बढे अर्थतन्त्रको संरचना नै परिवर्तन हुन सक्ने धारणा उनले राखे।

यसैगरी, उनले बैंकिङ प्रणालीमा ऋण लिन धितोका रूपमा जग्गा आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान नीतिगत अवस्थाले लगानीको ढाँचा प्रभावित भएको बताए। ‘जग्गामा लगानी नगरेर के गर्ने? व्यवसाय गर्न बैंकबाट ऋण लिन पनि जग्गा नै धितो राख्नुपर्छ। त्यसैले राज्यको नीति र नियत स्पष्ट तथा लगानीमैत्री हुनुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit