Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

हेल्मेटबिना बाइक चलाएका मुख्यमन्त्री शाहको निवासमै पुगेर ट्राफिकले असुल गर्यो जरिवाना

हेल्मेटबिना बाइक चलाएका मुख्यमन्त्री शाहको निवासमै पुगेर ट्राफिकले असुल गर्यो जरिवाना
विज्ञापन
Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।

विज्ञापन
Advertisement
Advertisement

हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनलाई ५०० रुपैयाँ जरिबाना गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितको टोलीले मुख्यमन्त्री निवासमै पुगेर ट्राफिक चिट काट्दै जरिबाना असुल गरेको हो। ट्राफिक प्रहरीले जारी गरेको चिटमा मुख्यमन्त्री शाहले हेल्मेटबिना सवारी चलाएको उल्लेख गरिएको छ।

मुख्यमन्त्री शाहले निवास परिसरमा हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमार्फत सार्वजनिक गरेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भएकाले आफूले नै ट्राफिक प्रहरीलाई नियमअनुसार कारबाही गर्न आग्रह गरेको बताएका छन्।

उनले सार्वजनिक पदमा रहेका व्यक्तिले पनि कानुनको पालना गर्नुपर्ने सन्देश दिन आफूले जरिबाना तिरेको तर्क गरे । मुख्यमन्त्री शाहले ट्राफिक प्रहरी प्रमुखलाई आफूसँग फोटो खिच्न आग्रह गर्दै भने ‘मुख्यमन्त्रीलाई चिट काट्ने अफिसर त कडा अफिसर भन्नु पर्छ नि त ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit