Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

नेपालमै उत्पादितदेखि आयातित सोफासम्म, जडीबुटीमा खुल्यो ‘सोफा स्टोर’

नेपालमै उत्पादितदेखि आयातित सोफासम्म, जडीबुटीमा खुल्यो ‘सोफा स्टोर’
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौंको जडीबुटीमा ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट सञ्चालनमा आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

असोज १ गतेदेखि सञ्चालनमा आएको नयाँ आउटलेटमा नेपालमै उत्पादित तथा आयातित सोफा र फर्निचरका विभिन्न सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ। आउटलेटमा घर तथा कार्यालयका लागि आवश्यक विभिन्न डिजाइन, साइज र मूल्यका सोफा तथा फर्निचर एउटै छानामुनि उपलब्ध गराइएको छ। उद्घाटनको अवसरमा ग्राहकलाई आकर्षित गर्न कम्पनीले ५० प्रतिशतसम्मको छुटसहितको विशेष अफरसमेत सार्वजनिक गरेको छ।

‘सोफा स्टोर काठमाडौं’का प्रोप्राइटर तथा प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र धरेलका अनुसार कम्पनीले यसअघि आफ्नै कारखानामा उत्पादन गरिएका सोफा तथा फर्निचर मात्र बिक्री गर्दै आएको थियो। ग्राहकका फरक–फरक आवश्यकता र मागलाई सम्बोधन गर्ने उद्देश्यले अब आयातित सोफा तथा फर्निचरसमेत बिक्री गर्न थालिएको उनले बताए।

उनका अनुसार ग्राहकले एउटै स्थानबाट आफ्नो बजेट, आवश्यकता र रुचिअनुसार नेपालमा उत्पादितदेखि आयातितसम्मका विभिन्न सोफा तथा फर्निचर छनोट गर्न सक्नेछन्। गुणस्तरीय सामग्री, आकर्षक डिजाइन र उचित मूल्यमा फर्निचर उपलब्ध गराउने उद्देश्यले जडीबुटीमा नयाँ आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । ‘सोफा स्टोर काठमाडौं’का चामती, महाराजगञ्ज (चक्रपथ) र भक्तपुरमा समेत आउटलेट सञ्चालनमा छन् । काठमाडौं उपत्यकाबाहिर धादिङ, धनगढी र सुर्खेतमा पनि कम्पनीका आउटलेट रहेका छन् ।

जडीबुटीस्थित नयाँ आउटलेटसहित कम्पनीका सबै आउटलेट नियमित रूपमा ग्राहकका लागि खुला रहने जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit