Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी–२० श्रृंखला हुने

नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी–२० श्रृंखला हुने
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली र भारतको ‘ए’ टोलीबीच तीन खेलको टी–२० श्रृंखला आयोजना हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उक्त श्रृंखला सञ्चालन हुने भएको हो ।

क्यानका अनुसार नेपाल र भारत ‘ए’ टोलीबीचको टी–२० श्रृंखला आगामी डिसेम्बर ९, ११ र १३ तारिखमा खेल आयोजना हुनेछ । पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा हुने तय भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव देवजित सैकियाबीच भएको छलफलपछि उक्त श्रृंखला आयोजना गर्ने निर्णय भएको हो ।

घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग खेल्न पाउनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसर हुने क्यानले जनाएको छ। यस श्रृंखलाले नेपाली खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit