सुर्खेत । कामना सेवा विकास बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा एक विद्यालयलाई खानेपानी सम्बन्धी सामग्री सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं.१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई एक थान पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको हो।
बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेको बैंकले जनाएको छ। त्रिपुरेश्वर माध्यमिक विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भए तापनि पानी शुद्धीकरण गर्ने व्यवस्था नहुँदा शुद्ध पानीको अभावमा भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै बैंकले विद्यालयको आवश्यकता सम्बोधन गर्न सहयोग गरेको जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकको यो सहयोगबाट विद्यार्थी र शिक्षकहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने बताए। यसले विद्यालयमा स्वस्थ शैक्षिक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा बोल्दै बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यमार्फत समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे। बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक तथा साक्षरताका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया दिनुहोस्