Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

सर्वोच्चले रोकेपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

सर्वोच्चले रोकेपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित
विज्ञापन
Advertisement

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले आफ्ना सम्पूर्ण काम–कारबाही तत्कालका लागि रोकेको छ।

विज्ञापन
Advertisement
Advertisement

आयोगले बिहीबार सूचना जारी गर्दै सम्पत्ति विवरण संकलन, अनुसन्धान तथा छानबिनसम्बन्धी सबै प्रक्रिया अर्को सूचना नभएसम्म रोकिएको जनाएको हो ।

सर्वोच्च अदालतले बुधबार निवेदक मनिराम उपाध्यायले दायर गरेको उत्प्रेषण निवेदन(०८२–डब्लूओ–१६७९)मा सुनुवाइ गर्दै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन तथा छानबिनको कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशलाई आधार बनाउँदै आयोगले बिहीबार हाल सञ्चालनमा रहेका सबै प्रक्रिया स्थगन गरेको जनाएको हो ।

आयोगले यसअघि असार २९ गते पनि सूचना जारी गर्दै पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेक अन्य सार्वजनिक जवाफदेही जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीबाट सम्पत्ति विवरण संकलनको काम सुरु गरेको थियो ।

तर, सर्वोच्चको आदेशपछि आयोगले अब अर्को आदेश जारी नभएसम्म सम्पत्ति विवरण लिने, अनुसन्धान गर्ने र छानबिन अघि बढाउने कार्य नगर्ने जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit