काठमाडाैं । साताको बिहीबार नेप्से परिसूचक ७.५०अंकले घटेर दुई हजार ५९७.८० विन्दुमा आइपुगेको छ । त्यस्तै यो दिन ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । शेयर बजार लगातार घटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले सक्रियता देखाएका छन् । प्रधानमन्त्री शाहले आज राष्ट्र बैंक गभर्नर विश्वनाथ पौडेलसँग छलफल गरेका थिए ।
उनले शेयर बजार घट्नुको कारण केन्द्र बैंकले गर्नुपर्ने सुधारलाई प्राथमिकता दिन आग्रह गरेका थिए । यो भेटले लगानीकर्ताको गिरेको मनोबललाई आशावादी बनाएको छ । सामान्य बढेको बजारमा एनआईबीएल ग्रोथ फण्ड, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, चिरखा हाइड्रोपावर, पियोर इनर्जीको १३.३४ दशमलवदेखि १४.९६ प्रतिशतसम्मले बढेको छ ।
त्यस्तै सर्वाधिक कारोबार हुने कम्पनीमा सिंगटी हाइड्रो इनर्जी, सानिमा बैंकको ऋणपत्र, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, सेन्चुरी बैंक ऋणपत्रको १८ करोड ९५ लाख रुपैयाँदेखि २४ करोड ७४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।














प्रतिक्रिया दिनुहोस्