काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १९ पैसा र बिक्रीदर १५२ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ३७ पैसा र बिक्रीदर २०६ रुपियाँ १८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ २५ पैसा र बिक्रीदर १८८ रुपियाँ ९९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ५० पैसा र बिक्रीदर १०७ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ १५ पैसा र बिक्रीदर १०९ रुपियाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ९८ पैसा र बिक्रीदर ११९ रुपियाँ ४५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५७ पैसा र बिक्रीदर २२ रुपियाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५३ पैसा र बिक्रीदर ४० रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४१ रुपियाँ ९१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४४ पैसा र बिक्रीदर ४१ रुपियाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपियाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ७४ पैसा र बिक्रीदर १० रुपियाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०५ पैसा र बिक्रीदर १६ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५३ पैसा र बिक्रीदर २३ रुपियाँ ६२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४० पैसा र बिक्रीदर १९ रुपियाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ५७ पैसा र बिक्रीदर ४९७ रुपियाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ६३ पैसा बिक्रीदर ४०५ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ २८ पैसा र बिक्रीदर ३९६ रुपियाँ ८४ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्