काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग समसामयिक राजनीतिक अवस्था र सुनसरीलगायत मधेशका केही जिल्लामा देखिएको तनावपूर्ण परिस्थितिबारे छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा विशेषगरी सुनसरीलगायतका जिल्लामा उत्पन्न तनाव, शान्ति–सुरक्षा अवस्था तथा समस्याको संवादमार्फत समाधान खोज्ने विषयमा केन्द्रित भएर विचार–विमर्श भइरहेको जनाइएको छ।
छलफलमा जनमत पार्टीका अध्यक्ष डा। सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष समिम मियाँ अन्सारी, राम के। शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी तथा जयकान्त राउत लगायत मधेशकेन्द्रित विभिन्न राजनीतिक दलका नेताहरू सहभागी रहेका छन् ।
सरकारले पछिल्ला दिनमा मधेशका केही जिल्लामा देखिएको असहज अवस्था संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने प्रयासस्वरूप यो छलफल आयोजना गरेको जनाएको छ। छलफलमा स्थानीय शान्ति कायम गर्ने, सामाजिक सद्भाव सुदृढ बनाउने तथा नागरिकको सुरक्षा सुनिश्चित गर्ने विषयमा पनि कुराकानी भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्