Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं । तरलता व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’’ निष्कासन गर्ने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार उक्त ऋणपत्रको बोलकबोल २०८३ असार २३ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। सोही दिन ऋणपत्र निष्कासन पनि गरिनेछ।

यस ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको साँवा भने २०८४ असार २३ गते भुक्तानी हुनेछ।

बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको २५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिनेछ। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र खरिद गर्न पाउनेछन्।

बोलकबोल ब्याजदरका आधारमा हुनेछ। समान ब्याजदरमा माग बढी परेमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ। आह्वान गरिएको सम्पूर्ण वा आंशिक रकम स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहने राष्ट्र बैंकले जनाएको छ।

यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ। तर, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात ९सीआरआर०मा गणना गर्न पाइने छैन। भने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले निष्कासन मितिमा स्वीकृत रकम बराबरको मौज्दात सम्बन्धित बैंकको खातामा नभए स्वीकृत बोल रद्द हुने, साथै २.५ प्रतिशत जरिवाना तिर्नुपर्ने र त्यस्ता संस्थालाई ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन नपाइने चेतावनी पनि दिएको छ।

राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन तथा मौद्रिक नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन समय–समयमा यस्ता ऋणपत्र निष्कासन गर्दै आएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit