Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि खुल्यो जागिर, सबैभन्दा धेरै सहायक निर्देशक पदमा ३९ जनाको आवेदन माग

नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि खुल्यो जागिर, सबैभन्दा धेरै सहायक निर्देशक पदमा ३९ जनाको आवेदन माग
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७६ जनालाई जागिरका लागि आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले आज सूचना निकालेर ७६ वटा पदका लागि दरखास्त मागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले शुक्रबार (मंसिर १९) देखि खुला प्रतिस्पर्धा मार्फत सहायक निर्देशक अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, सामान्य प्रशासन, लेखारलेखापरीक्षण, वाणिज्य कानुन तथा सहायक द्वितीय पदका लागि आवेदन खुलाएको हो ।

सहायक निर्देशक अन्तर्गत अर्थशास्त्रतर्फ एक, सहायक निर्देशक व्यवस्थापनमा एक, सहायक निर्देशक ३९, सहायक निर्देशक लेखा परिक्षणमा १०, सहायक निर्देशक वाणिज्य कानुनमा ४ र सहायक द्वितीय पदका लागि २१ जनाको आवेदन मागिएको छ ।

केन्द्रीय बैंकले आवेदनका लागि साधारण दस्तुरको म्याद पुस १० गते सम्म र दोब्बर दस्तुर तिरेर फारम भर्न पुस १७ गतेसम्मको म्याद तोकेको छ ।

सहायक निर्देशक पदका लागि आवेदन दिन चहनेले सम्बन्धित बिषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ । यस्तै, सहायक द्वितीय पदका लागि प्रमाणपत्र तह–२ तथा लोक सेवा आयोगको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

यस्तो छ केन्द्रीय बैंकको सूचना

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit