Advertisement
Advertisement
Corporate Samachar
७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु हुँदै, ५० भन्दा बढी ब्राण्ड एउटै थलोमा

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु हुँदै, ५० भन्दा बढी ब्राण्ड एउटै थलोमा
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आज मंगलबारदेखि नाइमा मोबिलिटी एक्स्पो २०२६ु सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुन लागेको यो एक्स्पो आगामी भदौ पहिलो सातासम्म सञ्चालन हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा बहुराष्ट्रिय तथा स्वदेशी सवारीसाधन निर्माता र आयातकर्ताहरूको सहभागिता रहनेछ।विद्युतीय सवारीसाधन एक्स्पोमा मुख्य गरी विभिन्न ब्रान्डका पछिल्ला मोडलका ई(कार, ई(स्कुटर तथा विद्युतीय व्यापारिक सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।

नयाँ मोडलहरूको सार्वजनिक नेपाल भित्रिएका नयाँ सवारीसाधन र तिनका आधुनिक प्रविधिहरूलाई सोही मञ्चमार्फत पहिलो पटक सार्वजनिक गर्ने तयारी गरिएको छ।

बैंक तथा वित्तीय संस्थाको उपस्थितिस् सवारीसाधन खरिदका लागि सहज वित्तीय सुविधा उपलब्ध गराउन विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूले विशेष अफर र सहुलियत दरमा कर्जा योजनाहरू उपलब्ध गराउनेछन्।

अटो कम्पोनेन्ट्स र एक्स्ट्राजस् अटोमोबाइल पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसनका प्रविधि तथा एक्सेसरिजका स्टलहरू समेत प्रदर्शनीमा समावेश छन्।

नेपालमा हरित ऊर्जा र विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा यस एक्स्पोले अटोमोबाइल क्षेत्रलाई नयाँ दिशा दिने र उपभोक्तालाई एकै थलोमा धेरै विकल्प उपलब्ध गराउने आयोजकले विश्वास लिएको छ। एक्स्पो अवलोकनका लागि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म समय तोकिएको छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit