Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

असोज १ मा सुपर मादी हाइड्रोपावरको साधारण सभा, १५ प्रतिशत बोनस शेयर मुख्य एजेन्डा

असोज १ मा सुपर मादी हाइड्रोपावरको साधारण सभा, १५ प्रतिशत बोनस शेयर मुख्य एजेन्डा
विज्ञापन
Advertisement

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ । उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।

लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले असोज १ गते बिहान ११ बजे काठमाडौंस्थित होटल इम्पेरियल मा १७औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit