Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

अपर हेवाखोलालाई ५७.५० लाख कित्ता हकप्रद शेयर निष्कासन स्वीकृति

अपर हेवाखोलालाई ५७.५० लाख कित्ता हकप्रद शेयर निष्कासन स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले बोनस शेयर वितरणपछि कायम भएको ५७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीको १ः१ अनुपातमा ५७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

हकप्रदबाट प्राप्त ५७ करोड ५० लाख रुपैयाँमध्ये ५१ करोड रुपैयाँ मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा लगानी गरी सिसुवाखोला जलविद्युत आयोजना निर्माणमा उपयोग गरिनेछ। बाँकी ६ करोड ५० लाख रुपैयाँ ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत आयोजनाको बैंक ऋण भुक्तानीमा खर्च गरिने कम्पनीले जनाएको छ।

अब नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit