काठमाडौं । नेपालका लागि ओमोडा र जेइकुका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइकु जे५ प्रोका लागि विशेष ‘नाडा स्पेशल स्किम’ घोषणा गरेको छ।
कम्पनीका अनुसार सीमित अवधिका लागि लागू हुने योजनाअन्तर्गत पहिलो १०० जना ग्राहकले जेइकु जे५ प्रो ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो २०२६ मा जेइकु जे५ प्रोप्रति देखिएको उच्च ग्राहक चासोलाई ध्यानमा राख्दै कम्पनीले विशेष मूल्य योजना ल्याएको जनाएको छ। एक्स्पोको अवधिमा जेइकु जे५ प्रो बुकिङ गरिसकेका ग्राहकले समेत यो विशेष मूल्यको सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
जेइकु जे५ प्रो प्रिमियम विद्युतीय एसयूभीका रूपमा नेपाली बजारमा उपलब्ध छ। यसमा १५५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ, जसले २८८ न्युटन मिटर टर्क उत्पादन गर्छ। १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र फुल–साइज स्पेयर टायरले नेपाली सडक तथा विभिन्न भू–भागमा यसको उपयोगितालाई थप बढाउने कम्पनीको दाबी छ। गाडीमा ५०.७ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको छ। साथै, १९ भन्दा बढी उन्नत चालक सहायता तथा सुरक्षा प्रणाली, प्यानोरामिक मुनरुफ र ४८० लिटर क्षमताको बुट स्पेस उपलब्ध छन्।
कम्पनीका अनुसार जेइकु जे५ ले अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो बजार प्रतिक्रिया प्राप्त गरेको छ। थाइल्यान्ड र इन्डोनेसियामा यो विद्युतीय एसयूभी बिक्रीका हिसाबले अग्रस्थानमा रहेको कम्पनीले जनाएको छ। जेइकु जे५ प्रोको स्वामित्वलाई थप सहज बनाउन कम्पनीले ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराएको छ। यसले दीर्घकालीन स्वामित्वमा ग्राहकको विश्वास बढाउने अपेक्षा कम्पनीको छ। शक्तिशाली विद्युतीय मोटर, उच्च ग्राउन्ड क्लियरेन्स, उन्नत सुरक्षा प्रविधि, प्रिमियम सुविधा र विस्तारित वारेन्टीका कारण जेइकु जे५ प्रो नेपाली विद्युतीय एसयूभी बजारमा आकर्षक विकल्पका रूपमा प्रस्तुत भएको छ।
कम्पनीका अनुसार ४७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र पहिलो १०० ग्राहकले मात्रै उक्त सुविधा प्राप्त गर्नेछन्।
















प्रतिक्रिया दिनुहोस्