Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्काईवेलको फ्ल्यागशिप सोरूम पूर्वी इटहरीमा उद्घाटन

स्काईवेलको फ्ल्यागशिप सोरूम पूर्वी इटहरीमा उद्घाटन
विज्ञापन
Advertisement

इटहरी । नेपाली बजारमा लक्जरी एसयूभी उपलब्ध गराउँदै आएको स्काईवेलले पूर्वी नेपालको इटहरीमा आफ्नो नयाँ फ्ल्यागशिप सोरूमको औपचारिक उद्घाटन गरेको छ। नेपालमा पाइने विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी ूस्काईवेल इटी फाइभू नेपाली बजारमा एक वर्षअघि भित्र्याइएको थियो।

विज्ञापन
Advertisement
Advertisement

सोमबार आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री श्री पाँचकर्ण राईले रिबन काटेर सोरूमको उद्घाटन गरे। सो अवसरमा स्काईवेलका क्षेत्रीय जनरल म्यानेजर थोमस भु, नेपालका कन्ट्री म्यानेजर मिरा, तथा स्काईवेलका आधिकारिक विक्रेता वि मोटर्स प्रा।लि।का प्रबन्ध निर्देशक कैलाश बाबूलालको उपस्थिति रहेको थियो।

स्काईवेल: विश्वव्यापी ब्रान्डको पहुँच

बिन्जाउ, चीनमा निर्मित स्काईवेल विश्वभर ६५ भन्दा बढी देशहरूमा निर्यात भइसकेको छ। युरोप, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, रसिया, तथा एसियाली बजारमा आफ्नो बलियो उपस्थिति जनाइसकेको स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थू को ब्रान्ड हो। कम्पनीले उत्कृष्ट वित्तीय लगानी, अनुसन्धान तथा विकास ९च्७म्०, र गुणस्तरीय उत्पादनका कारण विश्व बजारमा आफ्नो प्रभावशाली स्थान बनाएको छ।

नेपालमा स्काईवेलको विस्तार

स्काईवेलले नेपालमा पहिलो सोरूम भक्तपुरको राधेराधेमा एक वर्षअघि सञ्चालनमा ल्याएको थियो। एक वर्षको अवधिमा कम्पनीले १०० भन्दा बढी एसयूभी बिक्री गरिसकेको छ। स्काईवेलको सफलताको प्रमुख कारण उत्कृष्ट उत्पादन, स्थापित ब्रान्ड, र नेपालमा वि मोटर्स प्रा।लि। द्वारा प्रदान गरिएको उत्कृष्ट बिक्रीपछिको सेवा रहेको बताइएको छ।

वि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबूलालका अनुसार, “नेपालका प्रतिष्ठित व्यक्तित्वहरूले आफ्नो जर्मन लक्जरी कारहरू छोडेर वातावरणमैत्री स्काईवेलको एसयूभी रोज्नुभएको छ। हामी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न कुनै पनि कमी हुन दिने छैनौँ, आवश्यक परे घरमै सेवा पुर्‍याउनेछौँ।”जि मोटर्सका कार्यकारी निर्देशक पारस भण्डारीले भने, “स्काईवेल साधारण ईभी मात्र होइन, यो लक्जरी एसयूभी ब्रान्ड हो। ग्राहकले यसलाई जुन गर्वका साथ उपयोग गर्नुहुन्छ, त्यस्तै उच्चस्तरीय ब्रान्ड भ्यालु र सेवा सुविधा सुनिश्चित गर्नु हाम्रो दायित्व हो।”

मूल्य र आगामी मोडेलहरू

नेपालमा स्काईवेल इटी फाइभको मूल्य १ करोड १५ लाख रूपैयाँसम्म पर्न सक्छ, भने शुरुवाती भेरियन्टको ४९० किलोमिटर रेन्ज भएको एसयूभी ७९ लाख १० हजार रूपैयाँमा उपलब्ध छ। यसै वर्ष स्काईवेलले हालसम्मकै सबैभन्दा प्रिमियम विशेषताहरूयुक्त सानो एसयूभी पनि नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit