Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

कोरला नाकाबाट लिपमोटर बी१० आयात सुरु, छिट्टै डेलिभरी हुने

कोरला नाकाबाट लिपमोटर बी१० आयात सुरु, छिट्टै डेलिभरी हुने
विज्ञापन
Advertisement

काठमाडौं । रसुवा क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाकाबाट गाडी आयात गर्ने मार्गमा अवरोध भएपछि नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० का गाडी मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

ग्राहकलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउने उद्देश्यले आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरिएको कम्पनीले जनाएको छ। नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा लिपमोटर बी१० ले पाएको उत्साहजनक प्रतिक्रिया र उच्च बुकिङलाई ध्यानमा राख्दै गाडीको आपूर्ति सहज बनाउन कोरला नाकाबाट ढुवानी सुरु गरिएको हो। कम्पनीका अनुसार कोरला नाकाबाट हुने ढुवानी तथा भन्सार जाँचपास प्रक्रियालाई तीव्र पारिएको छ। यससँगै ग्राहकलाई गाडी वितरण गर्ने प्रक्रिया छिट्टै सुरु हुनेछ। सामान्य अवस्थामा चीनबाट रसुवागढी नाका हुँदै लिपमोटरका गाडी नेपाल आयात हुँदै आएका थिए। तर, हालै आएको बाढीका कारण उक्त मार्गमा अस्थायी अवरोध सिर्जना भएपछि सम्भावित ढिलाइ रोक्न वैकल्पिक नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ।

बजेट भाषणपछि लिपमोटर बी१० को मूल्य घटेर ५४ लाख ९९ हजार रुपैयाँ कायम भएपछि यो विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण थप बढेको कम्पनीको भनाइ छ। लिपमोटर बी१० मा १६० किलोवाट क्षमताको पछाडिको पांग्रा चल्ने मोटर र ६७.१ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ६०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। गाडीमा १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १४.६ इन्चको २.५ के रिजोल्युसनको उच्च गुणस्तरको टचस्क्रिन, एन्ड्रोइड अटो तथा एप्पल कारप्ले जडान, रेकर्डिङ सुविधासहितको ३६० डिग्री क्यामेरा, हिटर तथा भेन्टिलेसन सुविधायुक्त प्रिमियम लेदरेट सिट र सनसेडसहितको ठूलो प्यानोरामिक सनरूफलगायतका सुविधा छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit