Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सांग्रिला डेभलपमेन्ट बैंकको चार वर्षे नेतृत्व सम्हाल्न आए रविन सिजापति

सांग्रिला डेभलपमेन्ट बैंकको चार वर्षे नेतृत्व सम्हाल्न आए रविन सिजापति
विज्ञापन
Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविन सिजापतिले सम्हाल्ने भएका छन्। बैंक सञ्चालक समितिले सिजापतिलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए। उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन्। यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको सीईओ रहेका सुयोग श्रेष्ठको कार्यकाल पूरा भएसँगै उनी बैंकबाट बाहिरिएका थिए। त्यसपछि बैंकले सिजापतिलाई नयाँ प्रमुख कार्यकारी अधिकृतका रूपमा भित्र्याएको हो।

नयाँ नेतृत्वसँगै बैंकले व्यवसाय विस्तार, वित्तीय स्थायित्व र ग्राहक सेवामा थप सुधार गर्ने अपेक्षा गरिएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit