Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चाँदी आयातमा नयाँ सीमा निर्धारण, उद्योग व्यवसायीले कति ल्याउन पाउँछन् ?

चाँदी आयातमा नयाँ सीमा निर्धारण, उद्योग व्यवसायीले कति ल्याउन पाउँछन् ?
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले चाँदी आयातसम्बन्धी भुक्तानी र विदेशी मुद्रा सटही सुविधामा सीमा तोकेको छ ।राष्ट्र बैंकको एकीकृत निर्देशनको खण्ड ९(क) बमोजिम सुनचाँदी व्यवसाय गर्ने उद्योग तथा व्यवसायीले चाँदी आयात गर्दा पाउने सटही सुविधाको सीमा निर्धारण गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ व्यवस्थाअनुसार चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा लगायतका सामग्री उत्पादन गर्न औद्योगिक कच्चा पदार्थका रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्ने उद्योगले प्रतिपटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवर्त्य( अमेरिकीन डलरबाहेकको मुद्रा) विदेशी मुद्रासम्म सटही सुविधा पाउनेछन्।

त्यसैगरी, अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर १ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

तर, महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योग तथा व्यवसायीका हकमा भने सीमा बढाइएको छ। यस्तो अवस्थामा उद्योगका लागि अमेरिकी डलर २० लाख र अन्य व्यवसायीका लागि अमेरिकी डलर ४ लाख सम्म सटही सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, चाँदीका गरगहना, कलात्मक वस्तु तथा अन्य सामग्री निकासी गर्ने व्यवसायीलाई विशेष सटही सुविधा प्रदान गरिने व्यवस्था गरिएको छ। निकासी आदेश पुष्टि भएको अग्रिम भुक्तानी, प्रतीतपत्र (एलसी) वा विदेशबाट प्राप्त खरिद आदेशका आधारमा आवश्यक पर्ने चाँदी आयातका लागि सटही सुविधा उपलब्ध हुनेछ।

निकासीसम्बन्धी कागजातमा उल्लेखित मूल्य बराबरको चाँदी आयात गर्दा यस खण्डमा तोकिएको भुक्तानी सीमा लागू नहुने स्पष्ट गरिएको छ। यस्तो सटही सुविधा प्रदान गर्दा सम्बन्धित वाणिज्य बैंकले पूर्वमा उपलब्ध गराइएको सटही सुविधा अन्तर्गत आयात भएको चाँदी तोकिएअनुसार निर्यात भएको वा नभएको यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, सम्बन्धित वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातका लागि सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बाँकी नरहेको सम्बन्धमा चाँदी व्यवसायीबाट स्वःघोषणा लिनुपर्ने प्रावधान पनि लागू गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit