Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

त्रिशूली ३–‘ए’ सुरुङबाट जीवितै उद्धार भएपछि विकास यादवका परिवारमा जाग्यो आशा

त्रिशूली ३–‘ए’ सुरुङबाट जीवितै उद्धार भएपछि विकास यादवका परिवारमा जाग्यो आशा
विज्ञापन
Advertisement

जनकपुर । शुक्रबार विहान त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट दुई जना कर्मचारीको जीवितै उद्यार भएदेखि महोत्तरीको पिपरा गाउँपलिकाका विकास यादवको परिवारजनमा आशा पलाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

त्रिशूली ३–‘ए’ आयोजनामा कार्यरत ३० वर्षीय सिभिल इन्जिनियर विकास यादव सोही परियोजनामा कार्यरत थिए ।  चार वर्षअघि विद्युत प्राधिकरणमा नाम निकालेर जिम्मेवारी सम्हालेका विकास १० दिन अघि आएको बाढीमा अन्य कर्मचारीहरुसंगै सम्पर्कविहीन भएदेखि उनको परिवारजनमा बज्रपात परेझैं भएको छ । विकासका पिता शम्भुनाथ यादव अन्तिम १० दिनदेखि दैनिक मन्दिरमा पूजापाठ र भगवानलाई गुहार लगाउनुबाहेक अरु कुनै काम गर्न सकेका छैनन् ।

शुक्रबार विहान त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट दुई जनाको जीवितै उद्दार भएदेखि सम्पूर्ण परिवारजनमा आशाको नयाँ दीप बलेको छ । विकासका पिता शम्भुनाथले थोरै भएपनि आफ्नो छोरालाई फेरि हेर्न पाउने विश्वास पलाएको बताउँछन् । उनले नेपाल सरकारसमक्ष उद्दार कार्यलाई तीव्रता दिएर आफ्नो छोरालाई पनि सकुशल निकालिदिन गुहार गरेका छन् ।

विकासकी पत्नी ईन्दिरा बाढीको प्रत्यक्षदर्शी

सम्पर्कविहीन विकासको दुई वर्ष अघि मात्र इन्दिरा यादवसंग विवाह भएको थियो । उनकी पत्नी ईन्दिरा गत बैशाखदेखि नै विकाससंगै त्रिशूली ३–‘ए’ आयोजना छेउमा विकाससंगै बस्दै आएकी थिइन् ।  डेढ वर्षको छोरा र आफू ६ महिनाको गर्भवती रहेकी ईन्दिरा कोठामा सुतिरहेकी थिइन भने श्रीमान विकास काम गर्न सुरुङ भित्रै गएका थिए । बाहिर बाढीको आवाजले एक्कासी बिउँझेर झ्यालबाट नियाल्दा ईन्दिरा अक्कबक्क परिन् ।

 

उनले हतारमा आफ्नो छोरा र मोबाइल हातमा लिएर बाहिर आइन । सुरक्षा गार्डले उनलाई पहाडतिर चढ्न भनेपछि हतार हतार चढेर श्रीमान विकासलाई फोन लगाउने प्रयास गरिन । तर सो क्षेत्रमा मोबाइलको नेटर्वक खासै राम्रो नहुने भएकोले सम्पर्क हुन सकेन ।सोही परियोजनामा कार्यरत अन्य कर्मचारीहरुको आफन्तसहित इन्दिर दिनभरि पहाडबाट बाढी साम्य हुने प्रतिक्षा गरिरहिन् । पछि परियोजनामै कार्यरत एक जना चिनजानको घर गइन् ।  रातभर आफ्नो श्रीमानको चिन्ताले ईन्दिरालाई निन्द्रा लागेन । उनी आफ्नो श्रीमान कुन हालमा होलान भनेर चिन्ता र पीडामा थिईन् । विहान आँट गरेर फेरि परियोजनातिर जाने प्रयास गर्दा बाटोभरि भेट्नेहरुको कुरा सुनेर निराश भएको उनी सुनाउँछिन् ।

इन्दिरालाई एक जना महिलाले परियोजनाका सबै इन्जिनियरहरु बगाएको बताइन । त्यो सुनेर खुट्टा बढाउनै नसकेको उनले बताइन् । पछि एक जना सिनियर कर्मचारीले चिन्ता नगर्नुस सबै जना टनेलभित्र सकुशल छन् उद्दार कार्य सुरु हुन्छ भनेपछि इन्दिराले आशाको सास फेरिन् ।  सोही सिनियर कर्मचारीले हेलिकोप्टर बोलाएर ईन्दिरालाई त्रिशुलीस्थित आर्मी क्याम्पमा पुर्याए । तर राति १० बजे ईन्दिरालाई काठमान्डौं लगियो । त्यसको भोलिपल्ट ईन्दिरा आफ्नो घर पिपरा आइपुगिन् । इन्दिराले त्रिशूली ३–‘ए’ आयोजनाको सुरुङभित्र श्रीमान विकाससँग एकपटक अवलोकन गरेको जानकारी दिइन् ।  इन्दिराका अनुसार भित्र दुईतल्ला जति स्पेस रहेको छ जहाँ कुनै आपतकालिन अवस्थामा माथिल्लो तलामा गएर बस्न मिल्ने स्थान छ । ईन्दिराको अनुसार उनको श्रीमानसहित अन्य कर्मचारीहरु पनि सोही तलामा सकुशल अवस्थामा रहेको भन्ने पूर्ण विश्वास छ । उनले सरकारसँग जतिसक्दो टनेल भित्र प्रवेश गरेर सबैजनाको उद्धार गर्न आग्रह गरेकी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit