Advertisement
Advertisement
Corporate Samachar
८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सरकारलाई साढे ८ लाखबढी सहयोग

कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सरकारलाई साढे ८ लाखबढी सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कालीमाटी तरकारी तथा फलफूल थोक बजारका संयुक्त व्यवसायीले सहयोग रकम उपलब्ध गराएका छन्।

विज्ञापन
Advertisement
Advertisement

व्यवसायीहरूले मन्त्री चौधरीलाई ८ लाख ५४ हजार ३ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्। रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको जनाइएको छ। रकम बुझ्दै मन्त्री चौधरीले विपद्को कठिन समयमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने कृषि व्यवसायीप्रति धन्यवाद व्यक्त गरिन्। उनले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको साथमा सरकार रहेको उल्लेख गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

यसअघि पनि व्यवसायीहरूले भोटेकोसी बाढीबाट प्रभावित परिवारका लागि ९० बोरा आलु, ३० झोला इस्कुस, १० झोला काँक्रो र ८० झोला फर्सी सहयोग उपलब्ध गराएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit