Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एन आई सी एशिया बैंकद्वारा पर्वतको देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण सहयोग

एन आई सी एशिया बैंकद्वारा पर्वतको देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । एन आई सी एशिया बैंकले पर्वतको मोदी गाउँपालिकास्थित देउपुर स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य उपकरण तथा सामग्रीहरू सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको हो। बैंकले स्वास्थ्य चौकीको दैनिक कार्यसम्पादन र बिरामीको सुविधाका लागि ह्वीलचियर, स्युचर सेट, कुर्चीहरू, फुट स्टेप, डस्बिन लगायतका अन्य आवश्यक सामग्री प्रदान गरेको जनाएको छ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले संयुक्त रूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

सो सामान मोदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रममा बैंकका प्रतिनिधि, स्वास्थ्य चौकीका कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit