Corporate Samachar
८ कार्तिक २०८३, शनिबार

उपत्यकामा १३ दिनमा मापसे र लापसे गर्ने ९८२ चालक कारबाहीमा

उपत्यकामा १३ दिनमा मापसे र लापसे गर्ने ९८२ चालक कारबाहीमा

काठमाडौं । दशैंका अवसरमा काठमाडौं उपत्यकामा मादक तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ६ गतेसम्मको १३ दिनमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन गर्ने ३५ जना चालकलाई कारबाही गरिएको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउनेमध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन्। लागू पदार्थ सेवन गरी सवारी चलाउने कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए।

मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी भएकाले सम्बन्धित चालकलाई ट्राफिक ऐनअनुसार कारबाही गरिएको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्

Powered By: Nectar Digit